सरकार ! कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चालियोस्

११ भाद्र २०७७, बिहीबार १०:५०

–डा डीआर उपाध्याय,

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमणको महामारी धेरै अगाडि बढिसकेको अवस्था छ । एकै दिन देशमा परीक्षण गरिएकामध्ये ८ सयदेखि १ हजारसम्मको संख्यामा संक्रमण पुष्टि हुँदै गइरहेको छ । यो अवस्थाले खतराको घण्टी बजाईरहेकोछ । २४ घण्टाको अन्तरालमा परीक्षण गरिएकामध्ये १ हजार संक्रमित पुष्टि हुनु भनेको धेरै डर लाग्दो संकेत हो । अहिलेको अवस्थालाई हेर्दा गाउँहरूमा परीक्षणका कार्यक्रम पुगिरहेको देखिदैन । महामारी देशका धेरै ठाउँहरुमा पुुगिसकेको अवस्था छ । महामारीको संक्रमण जुन गतिले बढिरहेको छ त्यसलाई अव गम्भिरता पूर्वक हेर्नु पर्ने जरुरी देखिएको छ । परीक्षण सर्वसुलभ बनाउनुपर्ने अवस्था आइसकेको छ । यो महामारीसँग सर्वसाधरण जनता लड्न सक्ने पहुँच र आर्थिक हैसियत दुवै छैन । सरकारले यसको नियन्त्रणका लागि प्रभावकारी कदम चालेको देखिदैन ।सरकार यसको नियन्त्रणका लागि प्रभावकारी कदम चालियोस् ।


सरकारले हरेक दिन नियमित कोरोना मिडिया ब्रिफिङ गरिरहेको छ । यो नितान्त राम्रो कुरा हो । जनता सु सुचित हुने मौका पाएका छन । तर यसलाई औपचारिकता दिने काम मात्र नहोस् । कुनै कुनै बेला त कोरोना संक्रमित व्यक्ति मरेपछि दाहसंस्कार गरिएको दुई दिनपछि मात्र पोजिटिभ रिपोर्ट सार्वजनिक गरिन्छ । महामारीबाट संक्रमितको यस्तो लापर्बाहीपूर्ण दाहसंस्कारबाट आमजनसमुदायमा धेरै असर पर्छ । यो कुनै सामान्य विषय होइन, महामारीजस्तो गम्भीर विषय हो । यसबारेमा सरकार, सरकारी निकाय वा निजी स्वास्थ्य संस्थाहरू गम्भीर बन्नु पर्ने आबश्यकता छ ।


आजको दिन सम्म आईपुग्दा संक्रमितको संख्याले ३४ हजार नाघिसकेको छ । यो त देशको भयावह अवस्था हो । यसबारेमा सरकारले बेलैमा गम्भिर रुपमा सोचेर परीक्षणको दायरालाई फराकिलो बनाएर अघि बढनु पर्छ ।सरकारले सबै प्रकारका अस्पताललाई कोभिड अस्पतालमा रूपान्तरण गरेर कोरोना संक्रमितको उपचारलाई सहज बनाउने जुन कुरा गरिरहेको छ त्यो राम्रो पक्ष हो तर कुरा मात्र गरेर हुदैन ब्यवहारमा कार्यान्वयन गर्नु पर्ने जरुरी छ । स्वास्थ्य मन्त्रालयले गरेको निर्णय प्रशंसनीय छ। तोकिएको अस्पतालबाट मात्रै उपचार गर्न सम्भव देखिदैन । अस्पतालमा बेड नपाएर बिरामीहरु छट्पटिनुपर्ने कठिन अवस्था छ । सरकारी निर्णय कार्यान्वयनका लागि सवैको सहयोग अपरिहार्य छ। यो विषम परिस्थतिको सामना गर्न सबै क्षेत्र एक जुट भएर लाग्नु पर्छ ।अहिले अधिकांश अस्पतालले कोभिडको आंशका गरिएका बिरामीलाई भर्ना लिन आनाकानी गरेका छन्। घाउ, चोटपटक लागेका तथा प्रत्यक्ष रोग देखिने बिरामीलाई सहजै भर्ना लिन्छन्। तर कोभिडको लक्षणसँग मिल्दोजुल्दोभएअस्पतालबाटै फर्कर्नुपर्ने बाध्यता छ। पछिल्लो सरकारी निर्णयले कोरोना संक्रमितको उपचारलाई सहज बनाउन मद्दत पुग्नेछ। तर यो निर्णय कार्यान्वयन हुन जरुरी छ ।