संघीयताको अर्थराजनीति बजारमा

३० श्रावण २०७७, शुक्रबार ११:१५

विनोद न्यौपाने लिखित पुस्तक संघीयताको अर्थराजनीति बजारमा आएको छ। पुस्तकमा संघीयता, विकेन्द्रीकरण, अन्तरसरकारी सम्बन्ध र ऐतिहासिक, आर्थिक, सामाजिक रुपान्तरणमा भइरहेका अनुसन्धान लगायत विषय समेटिएका छन्।

विश्वमा अभ्यास भइरहेका संघीयताका मोडललाई अर्थराजनीतिक ढाँचाबाट विवेचना गरिएको पुस्तकमा नेपालको संघीयताका सबल र कमजोर पक्ष तथा चुनौती र अवसरबारे केलाउनुका साथै आर्थिक राजनीतिक सामर्थ्यका आधारमा विश्लेषण गरिएको छ। सांग्रिला बुक्सले प्रकाशन गरेको ५०८ पृष्ठको पुस्तकको मूल्य रु ७९५ राखिएको छ।