रेमडिसिभिर औषधि दर्ता गर्न औषधि विभागको आलटाल

२८ श्रावण २०७७, बुधबार ०९:०७

काठमाडौं , औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको रेमडिसिभिर औषधि दर्ता प्रक्रिया आलटाल गर्दा सो औषधि अवैध तरिकाले भित्रिने गरेको पाइएको छ । स्रोतका अनुसार केही आयातकर्ताले रेमडिसिभिर नामक औषधि कोलकाता हुँदै नेपाल भित्र्याउने गरेका छन् । त्यसतो त, पटके सिफारिसबाट पनि औषधि आयात गर्न सकिने व्यवस्था छ ।

रेमडिसिभर नामक औषधति दर्ता गर्न औषधि व्यवस्था विभागले आलटाल गर्दा गैरकानुनी तरिकाले भित्रिएर कालोबजारी हुने देखिएको छ । अहिले परभाइल ४० देखि ५० हजार रुपैयाँसम्म किन्नुपर्ने बाध्यता छ ।

रेमडिसिभिर औषधी दार्ता हुनसके परभाइल सात हजार रुपैयाँसम्म ल्याउन सकिने आयातकर्ता बताउँछन् । अमेरिकाको जिलिड फर्माले उत्पादन गरेको रेमडिसिभिर अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले कोभिड–१९ का संक्तमितमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ । प्रभावकारी मानिएको यो औषधि नेपालमा उत्पादन हुँदैन । आजको राजधानी दैनिकमा समाचार छ ।