राष्ट्रिय परिचयपत्र कार्यक्रम स्थगित

३० श्रावण २०७७, शुक्रबार ११:५२

काठमाडौं, कोभिड–१९ को प्रभावका कारण काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम अनिश्चित समयका लागि स्थगन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बुधबार सूचना जारी गरी कोरोना भाइरस प्रभावका कारण आजदेखि विवरण भर्ने काम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाएका हुन् ।

कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा बढिरहेको भन्दै राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने क्रममा डिजिटल दस्तखत, डिजिटल औँठा छाप र डिजिटल आइरिस लिने कार्य बन्द गरिएको हो ।