यसपटकको चाडपर्व भर्चुअलः डा रवीन्द्र पाण्डे

२६ श्रावण २०७७, सोमबार १७:०८

काठमाडौं , जनस्वास्थ्य विद् डा रवीन्द्र पाण्डेले यस वर्षको चाडपर्व भर्चुअल रूपमा मनाउन आग्रह गर्नु भएको छ ।
कोरोना भाइरसबाट जोगिन जनचेतना जगाउँदै आउनु भएका डा पाण्डेले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै चाडपर्व मनाउँदा भीडभाड नगर्न आग्रह गर्नु भएको हो ।