माधव नेपालका पीएसओसहित ९ जनामा कोरोना संक्रमण

६ भाद्र २०७७, शनिबार १३:११

काठमाडौं, नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका निजी सुरक्षा अधिकारी (पीएसओ) सहित सुरक्षामा खटिएका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार, नेपाल प्रहरीका दुई जना र सशस्त्र प्रहरीका सात सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो। तर, नेता नेपाल र उहाँको परिवारका सबै सदस्यको भने नेगेटिभ रिपोर्ट आएको गौतमले बताउनु भयो ।