महानगरीय प्रहरी वृत्त कालिमाटीका एक थुनुवामा कोरोना संक्रमण पुष्टि

१ भाद्र २०७७, सोमबार १३:०८

काठमाडौं, काठमाडौंको कालिमाटीस्थित महानगरीय प्रहरी वृतमा रहेका एक जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ।

परिसरका प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार अनुसन्धानका लागि थुनामा राखिएको एक पुरुषमा संक्रमण पुष्टि भएको हो। चार दिनअघि गरिएको स्वाब परीक्षणको आइतबार आएको रिपोर्ट अनुसार उनमा कोरोना पोजेटिभ देखिएको हो।

संक्रमण पुष्टि भएपछि उनलाई आइशोलेसनमा राखिएको छ। संक्रमित पुरुषसँगै रहेका अन्य १५ जनालाई क्वारेन्टाइनमा राखिएको ज्ञावलीले बताउनु भयो ।