भरतपुर अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

४ भाद्र २०७७, बिहीबार १६:२८

काठमाडौं , चितवनस्थित भरतपुर अस्पतालमा एक ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रत्ननगर नगरपालिका– १३ निवासी ती पुरुषको आईसीयूमै मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।

मृतक ती बृद्धमा क्षयरोग, फोक्सो लगायत दीर्घरोग रहेको भरतपुर अस्पतालको भनाइ छ । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि केही दिन अघिबाट आईसीयूमै राखेर उपचार हुँदै आइरहेकोमा आज मृत्यु भएको अस्पतालले जनाएको छ ।