बुटवलमा कोरोना संक्रमित बिरामीको मृत्यु

३१ श्रावण २०७७, शनिबार १२:२९

रुपन्देही , बुटवलमा कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तु मायादेवीका ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर बिष्णु गौतमले जानकारी दिनुभयो । फोक्सोमा समस्या देखिएका उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।