बन्द कोठा भित्रबाट डा डीआर उपाध्यायको कोरोनालाई चिठी

७ भाद्र २०७७, आईतवार १३:०१

डा डीआर उपाध्याय,
·
अप्रिय कोरोनालाई चिठी
अप्रिय कोरोना , के भनोैं , बन्द कोठा भित्र बसेर दिनहरु बिताईरहेको छु । लेख रचना र गीत लेखेर भए पनि समय कटाईरहेको छु । तिमी संग भेट हुन्छ की भनेर घरको गेट सम्म पुगेको छैन । बिश्व मानव जातीलाई तिमीले यति त्रास बनाएका छौ की त्यो भनि साध्य छैन । कोरोना तिमी कस्तो छौ , कुन रगंको छौ । मलाई थाहा छैन । यति थाहा छ , तिमी संग मेरो भेट भयो भने मेरो मात्र ज्यान होइन सिंगो परिवार र समाजको ज्यान जोखिममा जान सक्छ । त्यसैले म घरवाट बाहिर निस्केको छैन र अरुलाई पनि ननिस्कन अनुरोध गरेको छु । कोरोना , तिमी संग मेरो भेट भएन भने कुनै हालतमा मेरो र मेरो परिवारका साथै समाज संग तिम्रो भेट हुने छैन । विश्वलाई गाँज्दै गर्दा नेपालमा पनि दिनैपिच्छे तिम्रो प्रभाव फैलिइरहेको छ। संक्रमितको संख्या बढिरहेको छ। मृतक थपिइरहेका छन्। अप्रिय कोरोना , तिमीले बिश्व मानव जातीलाई कति दुःख दिईरहेका छौ । पछिल्लो अवस्थाले तिमीलाई नियन्त्रण गर्न नेपाल सरकारलाई हम्मेहम्मे परेको छ । चीनको वुहानबाट शुरु भएको तिम्रो यात्रा इरान, कोरिया र इटली हुँदै संसारभरि पुगिसक्यो ।कोरोना तिमीलाई नियन्त्रणमा लिन मेरो पनि भूमिका छ । हरेक नागरिकमा हुनु आवश्यक छ। कोरोना तिम्रो नियन्त्रण सामूहिक पहलबाट मात्रै सम्भव छ। यो कुरा हामी बुझेका छौ । तिम्रो नियन्त्रणमा खटिएका सुरक्षाकर्मीको उपस्थिति अस्पताल, चोक र क्वारेन्टाइन स्थलमा सीमित छ। चिकित्सक अस्पतालबाट बाहिर जान सकेका छैनन्। संक्रमण फैलिरहेको समुदाय स्तरमा भने कसैको प्रभावकारी उपस्थिति छैन। यति खेर म अलि भावुक छु । सोच्न सकेको छैन । कोरोना तिमीले गर्दा धेरै मानव जातीको रोजगार खोसिएको छ । उद्यद्योग धन्दा बन्द छन । ब्ययापार ब्यवसाय सवै थप्प छन । गरिव निमुखा जनताको अवस्था दयनीय छ । स्कुल , कलेज , बन्द छन । भविश्यका कर्णधार बिद्यार्थीहरुको भविश्य अन्योलमा छ । तिम्रो कारणले गर्दा कोरोना सवै बन्द कोठा भित्र सीमित हुन परेको छ । घरमा खाने कुरा छैन, साथमा दाम छैन । यो समस्या कति लामो समय जाने हो कसैलाई थाहा छैन । तर पनि हामी सवै धैर्य भएर घर भित्र बसेका छौ । कोरोना तिमीलाई चिठी लेखनु मेरो कुनै रहर होइन , यो एउटा मनको बह हो । तिमीलाई मैले देखेको पनि छैन र भेटेको पनि छैन । तर पनि फेसवुक मार्फत यो चिठी तिमीलाई नै पोष्ट गदै छु ।