प्रदेश २ मा थप तीनजना कोरोना संक्रमितको मृत्यु

६ भाद्र २०७७, शनिबार १९:१३

जनकपुर , शनिबार प्रदेश २ मा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको वीरगन्ज महानगरपालिका घर भएका दुईजना ५८ वर्षीय र ६१ वर्षीय पुरुष तथा सिरहाको मिर्चैया नगरपालिका ४ घर भएका ६८ वर्षीय एकजना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । यो समेत प्रदेश २ मा मृतकको संख्या ५९ पुगेको छ ।

प्रदेश २ मा शनिबार १८९ जना संक्रमित थपिएका छन् । धनुषामा २१ जना, महोत्तरीमा २४ जना, सिरहामा ३४ जना, बारामा ३५ जना, पर्सामा ५७ जना, सर्लाहीमा ११ जना, रौतहटमा दुई जना र सप्तरीमा पाँच जनामा संक्रमण भएको हो । यो समेत प्रदेशमा संक्रमितको संख्या ८ हजार पाँच सय २० पुगेको छ । शनिबार १३२ जना संक्रमित निको भएर घर फर्केका छन् ।