पूर्वमन्त्री बस्नेतले लिनु भयो अभिभावक गुमाएका आठ बालिकाको शिक्षाको जिम्मा

१० भाद्र २०७७, बुधबार १५:४१

काठमाडौँ , पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको पहिरोमा परि अभिभावक गुमाएका आठ बालिकाको शिक्षाको जिम्मा लिने घोषणा गर्नु भएको छ ।

वस्नेतले जुगल गाउँपालिकाको लिदी पहिरोमा परि अभिभावक गुमाउने ७ जना बालिका र बाह्रविसे पहिरोका एक जना बालिका गरि आठजनालाइ निशुल्क कक्षा १२ सम्म होस्टेलमा राखेर पढाउने प्रतिबद्धता जनाउनु भएको हो ।

बुबा खड्गबहादुर बस्नेतको कोरोनाको कारण भएको मृत्यु कार्य सकेको केही दिनमै उहाँले निशुल्क पठाउने प्रतिबद्धता जनाउनु भएको हो ।