धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

६ भाद्र २०७७, शनिबार १५:२७

विराटनगर , सुनसरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत धरान १५ का ६७ वर्षीय संक्रमितको मृत्यु भएको हो ।

उनलाई संक्रमण भएको २७ साउनमा पुष्टि भएको थियो । त्यसयता धरानमा उपचाररत उनको शुक्रबार प्लाज्मा थेरापी गरिएको थियो ।

तर शनिबार दिउँसो १२ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनु भयो ।