धनुषामा एक ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

१ भाद्र २०७७, सोमबार १६:२४

काठमाडौं , धनुषामा एक ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनौजी गाउँपालिका– ३ कटैया घर भएका ६५ वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार मृतक ती पुरुष स्वास्थ्यमा समस्या आएपछि गत साउन २६ गते अस्पताल भर्ना भएका थिए । उनको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । गत साउन ३१ गते रिपोर्ट आएपछि उनमा कोरोना पुष्टि भएको थियो ।