त्रिवि उपकुलपति कार्यालयमा नेविसंघ कार्यकर्ताले गरे तोडफोड

२७ श्रावण २०७७, मंगलवार १४:४६

काठमाडौं , नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ) का कार्यकर्ताले त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका छन्। मंगलबार परीक्षाको विकल्पको माग गर्दै त्रिवि परिसर पुगेका नेवि संघका कार्यकर्ता तोडफोडमा उत्रिएका हुन्। उनीहरुले उपकुलपति र रजिस्ट्रारको कार्यालयमा तोडफोड गरेका हुन्।