तिलोत्तमामा बुधबारदेखि एक साता पूर्ण रुपमा बन्द हुने

२ भाद्र २०७७, मंगलवार ११:५६

तिलोत्तमा, कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुधबारदेखि पूर्ण रुपमा बन्द हुने भएको छ । संक्रमण बढ्दै गएपछि नगरको कोरोना संक्रमण रोकथाम तथा संकट व्यवस्थापन समितिको बैठकले भदौ ३ गते साँझ ७ बजेदेखि भादौ १० गते साँझ ७ बजेसम्म एक हप्ता लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताउनु भयो ।

सुरक्षा निकाय, राजनीतिक दल, तिलोत्तमा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, उद्योग–व्यापार संगठनका प्रतिनिधिको समेत उपस्थितिमा मंगलबार बिहान बसेको संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले एक हप्ता पूर्ण लकडाउन गर्ने निर्णय गरेको उहाँले बताउनु भयो ।