ठूला दलका नेताहरुले राजनीतिलाई ब्यापार बनाएः चित्र बहादुर केसी

१७ श्रावण २०७७, शनिबार १८:४४

काठमाडौं , पूर्व उपप्रधान मन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशी बिदेशी शक्तिहरु नेपाललाई सिक्किमीकरण गर्ने तर्फ लागीरहेको आरोप लगाउनु भएको छ । आज साउन १७ गते काठमाडौंमा संवाद क्लव नेपालले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै नेता केसीले संघीयता नेपालमा सफल नहुने बताउनु भएको हो ।

उहाँले भन्नु भयो , “ बिदेशीले नेपालका राजनीतिक दल र तिनका नेताहरुलाई खेलाईरहेका छन । नेपालमा जति बेला संघीयता सफल हुन्छ , जुन बेला सार्वभौम सत्ता समाप्त हुन्छ । बिदेशीहरु नेपाललाई सिक्किमीकरण गर्ने तर्फ लागीरहेका छन । बिदेशीहरुले नेपाललाई क्रिडा स्थल बनाउन खोजीहरेका छन । ब्यवस्था खराव होईन, ब्यवस्थाको संचालन गर्ने पात्रहरु खराव भए । शासकहरुले ठिक संग शासन गर्न सकेका छैनन् । गणतन्त्रको नाम लिएर ,समाजवादको नाम लिएर साम्यवादको कुरा लिएर उनिहरुले जनतालाई भ्रममा पारिरहेका छन । सत्तामा बस्नेहरु आफनो स्वार्थ बाहेक अरु केही हेर्न सकेका छैनन् । उनीहरु सत्तामा बसिरहन चाहान्छन ।”
नेता केसीले ठूला दलहरुले राजनीतिलाई ब्यापार बनाएको गुनासो पोखनु भयो । उहाँले भन्नु भयो ,“ राजनीति भनेको समाज सेवा हो , तर ठूला दलका नेताहरुले राजनीतिलाई ब्यापार बनाए ,जसको कारण देश उभो लाग्न सकेन, नेता मात्र उभो लागे । हिजो थोत्रा चप्पल लगाउनेहरुले ठूला ठूला महल बनाए । मैले देखिरहेको छु । राजनीतिको नाममा लुटपात भईरहेको छ । राजनीति भनेको देश र जनताका लागी गर्ने हो । राजनीति ब्यापार होईन भु माफिया तस्करहरुको घेरामा छन ठूला दलका नेताहरु । भाग बण्डाको राजनीति भएको छ ।”
यो देश र ब्यवस्था असफल हुन थालेको गणतन्त्र र धर्मनिरपेक्षताका कारणले नभएको नेता केसीले स्पस्ट पार्नु भएको छ । उहाँले भन्नु भयो , “ यो देश असफल हुन थालेको गणतन्त्र र धर्मनिरपेक्षताका कारणले होईन , नेपालका राजनीतिक दलका नेताहरुका कारणले हो । ” उहाँले फेरी दोहोयाएर भन्नु भयो, मुलुकले संघीता धान्न सक्दैन । यो कुरा हामीले देखिरहेका छौ । केन्द्र र प्रदेश बीच लडाई छ । प्रजातान्त्रिक बिकेन्द्रीकृत गरेर स्थानीय तहलाई बलियो बनाएर राखनु पर्छ । जनतालाई तल अधिकार दिनु पर्छ । तर हाम्रो जस्तो यति सानो देशमा संघीयता आबश्यकता छैन ।”
सत्तारुढ दल नेकपा भित्र पछिल्लो पटक देखिएको बिवादका बिषयमा नेता केसीले यो पार्टी भावनात्मक रुपमा एकता नभएको दावी गर्नु भएको छ । उहाँले भन्नु भयो , “ प्रचण्ड पार्टी फुटाल्दै फुटाल्दै यहाँ सम्म आएका हुन । मूल कुरा के हो भने पार्टी, पार्टी जस्तो भएर चलेकै छैन । यो पार्टी भावनात्मक रुपमा एकता नै भएको छैन । दुई जना अध्यक्षको मिलोमतोमा मिलेको पार्टी लामो समय टिक्ने छैन । पार्टी एकताको प्रक्रिया नै मिलेको छैन । यो पार्टी जोडिएकै छैन । ”


सोही कार्यक्रममा बोल्दै राजनीतिक बिश्लेषक बिष्णु प्रसाद शर्माले दलीय ब्यवस्था नै असफल हुन थालेको भन्दै राजनीतिक दलका नेताहरुले देश र जनताको पक्षमा काम गर्न नसकेको बताउनु भयो । बर्तमान सरकारले कोरोना ब्यवस्थापन गर्न नसकेको आरोप लगाउनु भयो । देशमा भ्रष्टाचार बढेको प्रति बिश्लेषक शर्माले चिन्ता ब्यक्त गर्नु भयो । बिश्लेषक शर्माले पनि संघीयता नेपालका लागी आवश्यकता नभएको र देशले संघीयता धान्न नसक्ने बताउनु भयो ।