चट्याङ लागेर एक बालिकाको मृत्यु, एक घाइते

२९ श्रावण २०७७, बिहीबार १८:०७

धनगढी, कैलालीमा चट्याङ लागेर एक बालिकाको मुत्यु भएको छ। हिबार लम्कीचुहा नगरपालिका –१ लम्कीमा चट्याङ लागेर १३ वर्षीया अन्जु शाहीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जंगलमा बाख्रा चराउन गएका बेला उनलाई चट्याङ लागेको हो। यस्तै चट्याङबाटै सोही ठाउँकी १४ वर्षीया भावना शर्मा घाइते भएकी छिन्। उनको लम्कीमा रहेको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।