खुलेआम भइरहेको ब्रह्मलुटको किन छानबिन हुँदैन ?

१० भाद्र २०७७, बुधबार १५:३०

काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलेआम भइरहेको ब्रह्मलुटको किन छानबिन हुँदैन ? भन्दै प्रश्न गर्नु भएको छ ।

विश्व बैंकको सहयोगमा किसानका लागि सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)मा भएको व्यापक भ्रष्टाचारबारे बुधबार अध्यक्ष थापाले सामाजिक सञ्जालमा टिप्पणी लेखनु भएको छ । ‘कृषि क्षेत्रमा भएको व्यापक भ्रष्टाचारको नालिबेली सार्वजनिक गरिएको छ । विश्व बैंकले पदाधिकारीको नामसमेत किटान गरी कारबाहीका लागि सरकारको ध्यान आकर्षित गरेको छ । खुलेआम भइरहेको ब्रह्मलुटको किन छानबिन हुँदैन ? प्रधानमन्त्री किन निरीह र किंकर्तव्यविमुढ हुनुहुन्छ ?