खनालको निर्देशनमा बजारमा चुरीया हातैमा गीत सार्वजनिक (भिडियो)

२० श्रावण २०७७, मंगलवार १५:०८

चितवन , चर्चीत हास्यकलाकार शेखर खनालको निर्देशनमा बजारमा चुरीया हातैमा बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक रामकुमार बस्नेत र गायिका टिका पुनको स्वरमा माया प्रेमको प्रशंगलाई समेट्दै चुरीया हातैमा बोलको नयाँ गीत सार्वजनिक भएको हो ।
शेखर खनाल, शंकर विसि, करिस्मासिंह ठकुरी र रितु तामागंको अभिनय रहेको गीतको भिडियोमा शंकर विसिले नै कोरियोग्राम गरेका छन् । रामकुमा बस्नेतकै संगीत रहेको गीतको अनिल खनालले लय र कमल सुराग एरेन्ज रहेको छ । जय वंजरगबली मिडिया हाउसको प्रस्तुती रहेको गीतको भिडियोको नविनघर्ती मगरले सम्पादन गरेका छन् । शिखर नेपाल युटुब मार्फत भिडियो सार्वजनिक गरिएको छ । निर्देशक खनालले गीत रिलिजसगैँ आफ्नो मिहिनेतलाई दर्शकले साथ दिने बताएका छन् ।