कार्यदलले बुझायो ओली–दाहाललाई प्रतिवेदन

६ भाद्र २०७७, शनिबार १७:२५

तस्वीरः प्रधानमन्त्रीको सचिवालय

पार्टी विवाद समाधानको प्रस्ताव तयार पार्न गठित सुझाव कार्यदलले नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षलाई प्रतिवेदन बुझाएको हो।

महासचिव बिष्णुप्रसाद पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, शंकर पाखेरेल सदस्य छन्। पौडेल र पोखरेल ओलीका तर्फबाट, शर्मा र भुसाल दाहालका तर्फबाट तथा रावल र पाण्डे नेपालका तर्फबाट सदस्य थिए।