कान्तिपुर दैनिकका सहायक सम्पादक बानियाँको शव भेटियो

२८ श्रावण २०७७, बुधबार १४:४८

काठमाण्डौ , दुई दिनदेखि सम्पर्कविहीन हुनुभएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको शव भेटिएको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको शव मकवानपुरको सिस्नेरीमा रहेको माण्डो जलविद्युत् परियोजना क्षेत्रमा भेटिएको हो । उहाँको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको पनि प्रहरीले जनाएको छ । बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो । बानियाँ लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत हुनुहुन्थ्यो ।