कर्णाली प्रदेशमा थप ५ जना नयाँ कोरोना संक्रमित

३० श्रावण २०७७, शुक्रबार १४:४१

काठमाडौं, कर्णाली प्रदेशमा ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, दैलेख अस्पताल प्रयोगशालामा गरिएकोे परीक्षणमा ५ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

संक्रमित सल्यानका १, जुम्लाका १ र दैलेखका ३ रहेका छन्। योसँगै कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या २ हजार ५७ पुगेको छ।

कर्णाली प्रदेशमा ७ जना संक्रमित निको भएर घर फर्किएका छन्। योसँगै निको भएर घर फर्किनेको संख्या १ हजार ९ सय ८ पुगेको छ।

कर्णाली प्रदेश सरकारका अनुसार १ सय ४३ जना संक्रमित विभिन्न आइसोलेसनमा उपचारत रहेका छन्। अहिलेसम्म कर्णाली प्रदेशमा ६ जनाको मृत्यु भइसकको छ।