एसइईमा कम नम्बर दिएको भन्दै विद्यार्थीले शिक्षकलाई कुटे

१५ भाद्र २०७७, सोमबार ०८:३६

सांकेतिक तस्बिर

काठमाडौं, सिन्धुलीको सुनकोसी गाउँपालिकाको एक सामुदायिक विद्यालयका शिक्षकलाई सोही विद्यालयमा अध्ययनरत केही विद्यार्थीले कुटपिट गरेका छन्।

एसइईमा कम नम्बर दिएको निहुँमा आइतबार दिउँसो सुनकोसी ७ मझुवास्थित गणेश माविका प्रधानाध्यापक र एक शिक्षकमाथि कुटपिट भएको हो। विद्यार्थीले विद्यालयमै गएर शिक्षकमाथि निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलका अनुसार प्रद्यानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी विषय पढाउने शिक्षक चित्रबहादुर भण्डारीमाथि विद्यार्थीले कुटपिट गरेको हुन । कुटपिटमा संलग्न विद्यार्थी फरार छन्।