उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म थपियो

१० भाद्र २०७७, बुधबार १३:१३

काठमाडौं , काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ । अब आगामी भदौ १७ गतेसम्म निषेधाज्ञा थपिएको हो । यसअघि एक साताको लागि गरिएको निषेधाज्ञाको समय आज सकिँदै छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन काठमाडौं, भक्तपुर र ललितपुरका कार्यालयले १७ भदौसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

दुई सातापछि संक्रमण दर धेरै कम हुन्छ भन्ने विज्ञहरुको भनाइलाई ध्यान दिँदै निषेधाज्ञा एक साताका लागि थपिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनु भयो । काठमाडौं उपत्यकामा गत ३ गते भदौदेखि निषेधाज्ञा लागू गरिएको थियो ।