उद्योपति विनोद चौधरीलाई कोरोना संक्रमण

१२ भाद्र २०७७, शुक्रबार १४:१३

काठमाडौं , उद्योगपती विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु भएको छ ।

कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गर्नु भएको छ । डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उहाँले आग्रह गर्नु भएको छ ।