आज थप ८५५ जना संक्रमित

९ भाद्र २०७७, मंगलवार १६:३७

काठमाडौं , मंगलबार ८५५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ८५५ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ३२ हजार ५३३ जना पुगेको छ ।

पछिल्लो पटक मंगलबार ८५५ जना संक्रमित थपिएका हुन् । यसैगरी, १९ हजार ११९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ३१३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो ।