आज थप ८३८ जना संक्रमित

५ भाद्र २०७७, शुक्रबार १६:४७

काठमाडौं , शुक्रबार ८३८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ८३८ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ३० हजार ४८३ जना पुगेको छ । पछिल्लो पटक शुक्रबार ८३८ जना संक्रमित थपिएका हुन् ।

यसैगरी, १८ हजार २१४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २५० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट १३७ जनाको मृत्यु भएको छ