आज थप ३३८ जनामा कोरोना संक्रमित पुष्टि

२६ श्रावण २०७७, सोमबार १६:५१

काठमाडौं , सोमबार ३३८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ३३८ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २३ हजार ३१० जना पुगेको छ । पछिल्लो पटक सोमबार ३३८ जना संक्रमित थपिएका हुन् । यसैगरी १६ हजार ४९३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १४० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट ७९ जनाको मृत्यु भएको छ ।