हेमन्त कान्छा रसाइलीको दुई दिन हसायो बोलको गीत सार्वजनिक

१२ भाद्र २०७७, शुक्रबार १२:१०

काठमाडौं, १२ भदौ / हाम्रो देश नेपालमा हाल कोरोना भाइरस महामारीका कारण सांगीतिक क्षेत्रमा निकै ठुलो असर पर्दै गइरहेको समयमा पनि एकदमै असल,कुसल,प्रतिभावान् र मिलनसार लोकप्रिय गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीले निकै नै मार्मिक गीत दर्शकमाझ सार्वजनिक गर्नुभएको छ ।

संगीतप्रेमी मनहरुबाट यसअघि अत्याधिक रुचाइएको गीत “किन होला खै”लाई भाग २ बनाएर ( दुई दिन हसायो ) बोलको गीत हेमन्त कान्छा रसाइली युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

उक्त गीतलाई वरिष्ठ सर्जक राजकुमार बगरले लेख्नुभएको हो भने संगीत पनि बगरकै रहेको छ । हेमन्त कान्छा रसाइलीको एकल स्वरमा रहेको यस गीतको भिडियोमा कलाकार सुवेदी, शिशिर भण्डारी र हेमन्त कान्छाको उत्कृष्ट अभिनय रहेको छ ।

अनिल कुमार महर्जनले खिचेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गर्नुभएको हो। भिडियो निर्देशन पनि गायक स्वयम् हेमन्त कान्छा रसाइलीले नै गर्नुभएको हो ।

अहिले केही समय यता सांगीतिक क्षेत्रमा हङ्गामा मच्चाउन सफल कान्छाको एकपछि अर्को गर्दै नयाँ गीतहरु आइरहेको छ । बिशेष गरी समसामयिक बिषयमा केन्द्रित रहेर गीत बनाएर गाउनमा सफल हेमन्त कान्छाले अग्रज सर्जकहरुको लोपोन्मुख गीतहरु पनि धेरै गाउनुभएको छ ।

भिडियो हेर्नुहोस् ।