राप्रपाका अध्यक्ष कमल थापा तीजमा नाचे पछि ……

६ भाद्र २०७७, शनिबार १४:५४

काठमाडौं, राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले हरितालिका तीजको अवसरमा आयोजित पारिवारिक रमाईलो क्षणमा नृत्य प्रस्तुत गर्नु भएको छ । पत्नीसहित उहाँले छक्का पञ्जा नामक सर्वाधिक सफल नेपाली चलचित्रको अत्यधिक रुचाईएको गीत ‘पूर्व पश्चिम रेल’ बोलको गीतमा नृत्य गर्नु भएको हो । उक्त गीत चर्चित गायक राजनराज शिवाकोटी र अञ्जु पन्तले गाएका हुन् । गीतमा प्रियंका कार्की, दिपकराज गिरी, जितु नेपाल र केदार घिमिरेको अभिनय रहेको छ ।