‘मेरो जीवन साथी तिमी’ सार्वजनिक

१५ भाद्र २०७७, सोमबार १०:०७

काठमाडौं , मोडल राजेश बीसीको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मेरो जीवन साथी तिमी’ बोलको यो गीतमा गायक बीपी वाग्ले र गायिका रजिना रिमालको स्वर छ।

गीतमा वरिष्ठ गीतकार डा भोला रिजालको शब्द छ । पण्डित इन्दुप्रकाश त्रिवेदीको संगीत र संगीत संयोजन सन्दीप कार्की ढली छन् । मिसन इन्टरटेनमेन्ट प्रालिको प्रस्तुति रहेको उक्त गीतमा शब्द, संगीत र गायनसँगै विवाहपछिको दापत्य जीवन र त्यसमा देखिने उतार चढाव, सुख दुखलाई भिडियोको कथामा देखाइएको छ ।

म्युजिक भिडियोमा राजेश बीसी बुढाथोकी, प्रशान्त केसी, सबु पौडेल र रन्जु वलीको अभिनय छ । भिडियोको निर्देशन तथा परिकल्पना कलाकार तथा निर्देशक साहितसिंह ठकुरी हुन् । छायाङ्‍कन तथा सम्पादन रामु चौधरीले गरेका हुन्।