“बिरानो देश” को म्यूजिक भिडियो सार्वजनिक

६ भाद्र २०७७, शनिबार १६:१९

काठमाडौ. , नेपालमा रोजगारी नपाएपछि साहुसँग ऋणधन गरेर एक युवा विदेश पुग्छ । वैदेशिक रोजगारमा उसले कस्ता दुःख पाउँछ, त्यही विषयवस्तुलाई समेटेर पत्रकार अमरराज नहर्कीद्वारा रचित “बिरानो देश” को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
पत्रकार समुन्द्र पौडेलको निर्देशन रहेको गीतमा गायक नवराज थापाले आवाज दिएका छन । भिडियोमा सुदीप पौडेल र पूजा केसीको अभिनय रहेको छ ।