खानेपानीका इन्जिनियर घुससहित पक्राउ

२६ श्रावण २०७७, सोमबार १०:४४

काठमाडौं , नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख इन्जिनियर सन्तोष साह १० लाख ५५ हजार श्रोत नखुलेको रकमसहित धादिङबाट पक्राउ परेका छन्।
लु १ ञ ९५ नं को गाडीमा बुटवलबाट काठमाण्डौ जादै गर्दा धादिङ धुनिवेसी नगरपालिका वडा नं ८ खानीखोलामा गाडी चेक जाँच गर्ने क्रममा साहसँग रहेको श्रोत नखुलेको नगद रकम दुई लाख ३३ हजार पाँच सय र बैंकमा जम्मा गरेको बैंक भौचर आठ लाख २२ हजार बराबरको रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनु भयो ।