‘आऊ युवाहरु’ सार्वजनिक (भिडियो)

काठमाडौं ,गायक सुमित खड्काको आवाजमा रहेको राष्ट्र भक्तिले भरिएको गीत ‘आऊ युवाहरु’को भिडियो सार्वजनिक भएको छ। शक्ति बल्लभको संगीत तथा हरि बुढाथोकीको शब्द रहेको गीतको भिडियोलाई प्रदिप दाहालले निर्देशन गरेका हुन्।

मनोहर सुनामको संगीत संयोजन रहेको गीतले युवाहरुलाई एक जुट भएर आत्मनिर्भर बन्न र देश समृद्ध बनाउन आग्रह गरिएको छ।

गीतको भिडियोलाई दिपक जोशीले छायाँकन गरेका हुन् । यसलाई सदिश जोशीले सम्पादन गरेका हुन् । गीतको भिडियोमा कृष्ण शिवाकोटी, उमेश खड्का, प्रदिप दाहाल, आनन्द अधिकारी, अन्जु गौतम र मुना प्रसाईंले अभिनय गरेका छन् । भिडियो


प्रकाशित | २०७७ भाद्र ७ प्रकाशित ११:१९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ