सेलपे सेवा र रिलायबल लाइफ इन्सुरेन्स बीच सहकार्य

१२ श्रावण २०७७, सोमबार १८:२४

काठमाडौं , नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले रिलायबल लाइफ इन्स्योरेन्ससँग बीमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सहकार्य गरेको छ ।

सहकार्य सम्झौतामा रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।