सुनील थापासहित ३१ नेताले राप्रपा छाडे

११ श्रावण २०७७, आईतवार १२:०५

काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका प्रभावशाली नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले पार्टी परित्याग गरेका छन् । धनकुटाका उनीसहित ३१ जना नेताहरुले शनिबार पार्टीबाट संयुक्त राजीनामा दिएका हुन्। उनीहरुले पार्टीका नेता कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबरालाई पत्र लेख्दै नेतृत्वको ढुलमुले नीतिले राप्रपाप्रति जन आकर्षण घटिरहेको निराशाजनक अवस्थाबारे वर्णन गर्दै पार्टी छाडेका हुन्। सुनील थापा सँगै विष्णु विक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव र पदमबहादुर बस्‍नेतले पनि पार्टी परित्याग गरेका छन्।