सर्पले डसेर बालकको मृत्यु

२६ असार २०७७, शुक्रबार १५:३७

रुकुम, रुकुमपश्चिममा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका–३, ज्यामिरेका आठ वर्षीय विशाल घर्तीको सर्पले डसेर मृत्यु भएको हो ।

उनलाई गएराति १० बजेको समयमा सुतिरहेका वेला सर्पले डसेको र उपचारका क्रममा जिल्ला अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनु भयो ।

ढिलो गरी अस्पताल ल्याइएकाले समयमै उपचार पाउन नसक्दा बालकको मृत्यु भएको अस्पताल स्रोतको भनाइ छ ।