संकटको घडीमा पार्टी एकताको रक्षा र क्रान्तिकारी रुपान्तरणको निम्ति आ–आफ्नो ठाँउबाट भुमिका खेलौंः नारायणकाजी श्रेष्ठ

१९ असार २०७७, शुक्रबार १०:१६

काठमाडौ , सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षाका लागि आग्रह गर्नु भएको छ । उहाँले पार्टी चुलिदै गएको विवाद समाधान गर्नका लागि सबै एकजुट हुनुपर्ने बताउनु भएको हो । सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले भन्नु भएको छ, कमरेडहरु हो । यस संकटको घडीमा पार्टी एकताको रक्षा र क्रान्तिकारी रुपान्तरणको निम्ति आ–आफ्नो ठाँउबाट भुमिका खेलौं’ देश र जनतालाई धोखा दिने कार्य नगरौं र कसैलाई गर्न नदिऔं।’