वीरगञ्जमा थप १८ कोरोना संक्रमित

१२ श्रावण २०७७, सोमबार ११:३८

वीरगञ्ज , वीरगञ्ज स्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप १८ जना कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरका अनुसार संक्रमित हुनेहरुमा १४ जना पुरूष र ४ जना महिला रहेका छन् ।

संक्रमित हुनेमा ९ वर्षका बालक देखि ४५ वर्षका पुरूष रहेका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा स्वास्थकर्मीदेखी उद्योगमा कार्यरत कर्मचारीहरु रहेका छन् । कोरोना संक्रमित पुष्टि भएका सबै जना पर्सा जिल्लाकै श्रीपुर पंचगावा, पर्सागढी, वीरगञ्ज १६ मिथिलानगर, वीरगञ्ज ६ रेशमकोठी, वीरगञ्ज १४ बहुअरी, वीरगञ्ज ६ माइस्थान, वीरगञ्ज ११ , वीरगन्ज १० र वीरगञ्ज २ छपकैयाका छन् ।