विभिन्न पाँच देशबाट ९ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्कदै

१९ असार २०७७, शुक्रबार १०:०६

काठमाडौं , विभिन्न पाँच देशबाट ९ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्कदै छन् ।आज स्वदेश फर्कनेमा कतार, युएइ, मलेसिया, अमेरिका र युरोपमा रहेका नेपालीहरु छन् । विहान सवा ६ बजे कतारबाट नेपाल एयरलाइन्सको विमान मार्फत १ सय ४५ जना स्वदेश फर्किएका नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ।

दिउँसो दुइ बजे कतार एयरवेजको विमान मार्फत अमेरिका, क्यानडा र युरोपबाट १ सय ४० जना नेपाली आउँदैछन्। त्यस्तै युएइबाट एयर अरेविया मार्फत दिउँसो साढे एक बजे १ सय ६८ जना आउने प्राधिकरणले जनाएको छ।

यस्तै, दिउँसो तीन बजे मालिन्दो एयरको उडान मार्फत मलेसियाबाट १ सय ७८ जना आउँदैछन्। त्यस्तै नेपाल एयरलाइन्समार्फत युएइबाट नै १५० जना आउन लागेका छन्।