मुस्ताङमा घर भत्किँदा एकको मृत्यु

१२ श्रावण २०७७, सोमबार ११:२७

काठमाण्डौ , मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा गएराति एक जनाको मृत्यु भएको छ ।

प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार मृत्युहुनेमा १८ वर्षीय निशान तुलाचन रहेका छन ।

उहाँका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन घाइते भएका छन् ।

ढुङ्गा र माटोले बनेको घर वर्षाले भत्किएको बताइएको छ । बाजे नाति सुतेको अवस्थामा घर भत्किएको थियो ।

स्थानीयवासी र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि लेत प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए ।