महोत्तरीमा सर्पको डसाइबाट एक पुरुषको मृत्यु

७ श्रावण २०७७, बुधबार १४:१७

महोत्तरी , महोत्तरी जिल्लाको भंगहा नगरपालिका –५ मा एक पुरुषको विषालु सर्पको डसाइबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय शम्भु माझी सरदार रहेका छन । माझी गए राति आफ्नै घरमा सुतिरहेका बेला उनलाई विषालु सर्पले डसेको थियो । सर्पदंशित उनलाई आज बिहान उपचारका लागि सिरहा जिल्लाको बन्दीपुर स्थित सर्पदंश उपचार केन्द्रमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।