बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु

११ श्रावण २०७७, आईतवार १३:२०

काठमाडौं, बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। सिगास गाउँपालिका वडा नम्वर ९ की ५६ वर्षीया जुना चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किसन चन्दले जानकारी दिनु भयो ।

हिजो साँझ ७ बजे घरबाट १ सय मिटर टाढा लोट भन्ने ठाउँमा घाँस काट्न गएका बेला च्वाँगड लघुजलविद्युत आयोजनाको मेन तारमा अचानक उनले छुन पुग्दा करेन्ट लागेको सूचना अधिकारी चन्दले जानकारी दिनु भयो ।

साँझ ८ बजे सो घटनाबारे खवर आएपछि राति नै प्रहरी टोली घटनास्थल गएर अनुसन्धान गरेको जनाएको छ।