प्रधानमन्त्री ओलीलाई हटाएर, प्रचण्ड–माधवलाई ल्याउन खोज्नु दुर्भाग्य – गजुरेल

१३ श्रावण २०७७, मंगलवार १६:५२

काठमाडौं, नेकपा (क्रान्तीकारी माओवादी)का नेता सिपी गजुरेललेले देशमा देखा परेका समस्या समाधानको बाटो प्रधानमन्त्रीको राजिनामा नभएको बताउनु भएको छ ।
आज ( मंगलबार सम्बाद क्लव नेपालले काठमाडौंमा गरेको अन्तरसम्बाद कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले राजिनामा गरेर समस्याको हल नहुने बताउनु भयो ।
नेता गजुरेलले प्रधानमन्त्री ओलीलाई राजिनामा गराएर हिजो सत्ताको नेतृत्व गरेका पात्र प्रचण्ड, माधव, र शेरबहादुरलाई सत्तामा ल्याउन खोज्नु समस्याको बाटो नभएर झन दुर्घटनाको बाटो हुने बताउनु भयो ।
अहिलेको संकट ल्याउनमा प्रधानमन्त्रीको दोष नभएको समेत गजुरेलले बताउनु भयो ।
अव राज्य संचालन गर्ने पात्र फेर्ने भन्दा पनि राज्यको अर्को नयाँ व्यवस्थाको लागि आन्दोलनको जरुरी रहेको उहाँको भनाई छ ।
हामीले जनयूद्घ अहिलेको व्यवस्थाको लागि नभएर जनगणतन्त्रको लागि गरेको भन्दै अहिलेको राज्य व्यवस्था र विगतको राज्य व्यवस्थामा कुनै फरक नभएको नेता गजुरेलको भनाई छ ।
नेकपालाई जनताले दुई तिहाईको बहुमत दिएर जिताए पनि जनताको पक्षमा कुनै राम्रो काम गर्न नसकेको बताउनु भयो ।
एमसीसी पास गरेर अमेरिकन सेना नेपाल आउन दिएर चीन संग लडन नेपाली भूमी दिने खेल भईरहेको नेता गजुरेलको आरोप छ । नेपालमा एमसीसी राष्ट्रिय हित विपरित भएको उहाँको ठम्याई छ ।
न्यालयबाट नै आम मानिसले न्याय पाउने अवस्था नभएको बताउनु भयो । केही दिन अघि सर्वोच्च अदालतले अपराधीलाई छुटकरा दिने काम गरेको भन्दै अपराधिलाई कारवार्हीको सटटा प्रोत्साहन गरेको उहाँको भनाई छ ।
अहिले देखा परेका तमाम समस्याको निकासको लागि आफनो पार्टीले मोर्चा बनाएर यही साउन १५ गते काठमाडौंमा आन्दोलन गर्ने कार्यक्रम रहेको समेत जानकारी दिनु भयो ।