नेपाल लगायत ७ देशका नागरिक तत्काल कुवेत जान नपाउने

१५ श्रावण २०७७, बिहीबार १५:३२

काठमाडौं , कुवेतले अगस्त १ देखि नेपाललगायतका ७ देशबाट रोजगारीको लागि कुवेत जान नपाउने भएका छन् ।

कुवेत सरकारको ३० जुलाईमा बसेको क्याबिनेट बैठकले तत्काललाई नेपाललगायत ७ देशका नागरिकलाई कुवेत जान नपाउने निर्णय गरेको दी टाइम्स कुवेतले जनाएको छ ।

३० जुलाईमा बसेको मन्त्रिपरिषद्‌ बैठकले अगस्त १ बाट कुवेत जान खुला गरिए पनि नेपाललगायतका ७ देशका नागरिकलाई भने तत्काल जान नपाउने भएका हुन् ।

कुवेतले यात्रा प्रतिबन्ध लगाएका देशहरुमा नेपाल, बंगलादेश, फिलिपिन्स, भारत, श्रीलंका, पाकिस्तान र इरान रहेका छन् ।