नेपाली बजारमा सुनको मूल्यमा वृद्धि , तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोवार

२४ असार २०७७, बुधबार ११:३२

काठमाडौं , नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य तोलामा ९५५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ९५० रुपैयाँमा कारोबार भएको थियो ।