नेकपाले जनताको अभिमत र पार्टी एकताको मर्मलाई बुझ्न सकेन

२२ असार २०७७, सोमबार १५:०५

डा डीआर उपाध्याय,

विश्व नै यतिवेला कोरोना भाइरस (कोभिड(१९)को महामारीले आक्रान्त छ । हामीकहाँ पनि यसको रोकथाम र नियन्त्रण भन्दै विगत तीन महिनादेखि ‘लकडाउन’को अवस्था रहेको थियो भने गत केही दिनदेखि ‘लकडाउन’लाई केही खुकुलो बनाइएको छ । तर पनि सङ्क्रमितहरुको सङ्ख्या भने बढिरहेको छ । जसले आम जनताको दैनिकीमा समस्या बढाउदै लगेको छ । आम जनमानसको दैनिकी कस्टकर भइरहेका बेला नेपाली राजनीतिमा सत्तापक्षको किचलो छताछुल्ल भएर बाहिर आइरहेको छ ।

आमजनाता कोरोनाको क्रासदिमा बाँचिरहेको बेला, सतापक्ष नेपाल कम्यिुष्टि पार्टी (नेकपा) भित्रको विवाद देखदा अचम्म लाग्छ । आम नेपालीहरुको बलिदान र रगतले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी नयाँ संविधान निर्माण भएको कुरा कसैले बिर्सनु हुँदैन । दुई ठूला कम्युनिस्ट पार्टीहरु मिलेर चुनाव लडे र पो जनताले सङ्घीय संसदमा बहुमत दिएका हुन् । नयाँ नेपाल, समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नेकपालाई जनताले सङ्घीय संसदमा बहुमत दिएका हुन । सत्ता स्वार्थका लागी बहुमत दिएका होइनन् । मुलुकमा श्रमजीवी जनताहरु, निमुखा गरिब किसान मजदुरहरु, युगौँदेखि खान, लगाउन नपाएर छटपटिएका छन् ।

देशमा रोजगारीको अवसर नपाएर कति विदेशिन बाध्य भएकाछन । यो ब्यवस्था ल्याउन धेरैले आफ्नै ज्यान आहुति दिए । कति अझै अपाङ् र घाइते अवस्थामा जीवन र मरणको दोसाँदमा छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ संविधान नेपाली जनता आफैँले लेखे, आफैँले पारित गरी, त्यही संविधानको आधारमा तीनै तहका सरकार चलेका छन् ।

जनताले नेकपालाई जुन विस्वासका साथ बहुमत दिए । त्योअनुसार सरकार र पार्टी चल्न सकेन । यो समस्याको मूल कारण के हो ? के कारणले जनताको अभिमत र पार्टी एकताको मर्मलाई नेकपाले बुझ्न सकेनन् । यो विषयमा बहस हुन जरुरी छ । नेपाल कम्युनिष्ट पार्टीमा चुलिँदै गएको अराजकतालाई कसरी रोक्ने भन्र्ने बिषयमा नेकपाका नेता, कार्यकर्ता गम्भिर हुनु जरुरी छ । तीनै तहको सरकारले विधिसम्मत पार्टीको योजनामा आफ्नो नीति कार्यक्रम लागू गर्न सकेको भए आज पार्टीमा यो अवस्था सिर्जना हुने थिएन ।

सत्तारूढ दल नेकपामा देखिएको विवादले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने हो कि भन्ने चिन्ता बढेको छ । अहिले सत्तारूढ दल नेकपा फुटको सङ्घारमा गइरहेको छ । यदि शीर्ष नेताहरूले विवेक पुर्‍याउन सकेनन् भने सत्तारूढ दल विभाजित हुन सक्ने खतरा छ । यदि नेकपा विभाजित भयो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै गम्भीर खतरा पैदा हुनसक्छ । यस्तो अवस्थामा विशेषगरी नेकपाले विवेक गुमाउनुहुँदैन । संवाद, सहमतिका माध्यमबाट समस्या समाधान गरेर अघि बढनु आजको आवश्यकता हो ।