ठगी गर्ने २ महिला पक्राउ

११ श्रावण २०७७, आईतवार १३:००

काठमाडौँ , ‘मलाई डिभी परेको छ, बिहे गरेर अमेरिका लैजान्छु’ भन्दै ठगी गर्ने दुई महिलालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।

महाशाखाका एसएसपी दीपक थापाका अनुसार पक्राउ पर्नेमा कोपिला शर्मा र अनिसा केसी रहेका छन् । ठगी कार्यमा संलग्न उनीहरुलाई महाशाखाको टोलीले बुटवलबाट पक्राउ गरेको हो ।