गीतकार तारा अधिकारीको ‘पराईको सिन्दुर’ बोलको गीत सार्वजनिक

२६ असार २०७७, शुक्रबार १६:०६

काठमाडौं , गीतकार तारा अधिकारीको ‘पराईको सिन्दुर’ बोलको गीत सार्वजनिक भएको छ । गायक नरेन्द्र प्यासीको स्वर तथा संगीत रहेको यस गीतको भिडियोमा विछोडपछि हुने प्रेमलाई देखाइएको छ ।

गीतको भिडियोमा जीवन भट्टराई र तारा अधिकारीलाई फिचर्ड गरिएको छ । शान थापाले निर्देशन गरेको भिडियोमा ताराको विछोडमा जीवन तड्पिएको विषयलाई प्रस्तुत गरिएको छ । अर्जुन तिवारीको छायांकन रहेको गीतको भिडियोको सम्पादन शिलन लम्सालले गरेका छन् ।